(१) कर अधिकृतले आफनो अञ्चलको सदर मुकाममा घर जग्गा कर सम्बन्धी काम सकिएपछि आफनो सालभरको कार्यक्रम अनुसार कर विभागमा सूचना गरी अञ्चलका विभिन्न स्थानमा भ्रमण गर्दै ठाउँ ठाउँमा मुकाम गरी घर जग्गा कर निर्धारण र कर दाखिल गर्ने ओदश करदातालाई दिनेछ ।
(२) कर अधिकृत नभएका इलाकामा बस्ने करदाताले जिल्लाको जिल्ला प्रशासन कार्यालय वा माल अड्डामा ऐन वा यी नियमहरू बमोजिमको विवरण दाखिल गर्न सक्नेछ । जिल्ला प्रशासन कार्यालयमा वा माल अड्डामा कर असूली सम्बन्धी काम गर्ने एक वा एकभन्दा बढी कर्मचारी रहन सक्नेछन् । निजहरूले घर जग्गा कर निर्धारण गर्ने बाहेक कर सम्बन्धी अरु सबै काम गर्नेछन् र निजहरू
अञ्चल कर अधिकृतका मातहतमा रहने छन् ।
(३) घर जग्गा कर तिर्नुपर्ने भन्ने लागेका व्यक्तिहरूको तथ्यांक संकलन गर्ने कर अधिकृतको आदेश बमोजिम अञ्चल वा विभिन्न स्थानमा रहेका कुनै पनि घर जग्गा कर लाग्ने घर जग्गाको सरजमीन जाँचबुझ गर्न र आफूलाई ठेकिएको कामको फाँटवारी लिई कर अधिकृतको मातहत रही काम गर्नु उपनियम (२) मा लेखिएका कर्मचारीहरूको कर्तव्य हुनेछ । निज कर्मचारीहरूसँग कर डाइरेक्टर वा अञ्चल कर
अधिृकतले दस्तखत गरी राखेको तस्वीर सहितको परिचयपत्र रहनेछ ।
(४) कर अधिकृतमा रहनु पर्ने घर जग्गा करको रजिष्टरको ढाँचा कर डाइरेक्टरले सूचित आदेशद्वारा समय समयमा तोकिदिए बमोजिम हुनेछ । सो आदेशमा उल्लेख भएका विभागीय निर्देशनको पालना गरी कर असूली सम्बन्धी जाहेरी सोही आदेशमा तोकिए बमोजिम ठीक ठीक समयमा पठाउनु पर्छ र सो जाहेरीमा फाँटको इन्स्पेक्टरको समेत दस्तखत भएको हुनु पर्छ ।