दफा ७१
अन्य कोष सम्बन्धी व्यवस्था
: (१) दफा ६७, ६८, ६९ र ७० मा उल्लिखित कोषका अतिरिक्त सहकारी संस्थामा तोकिए बमोजिमका अन्य कोषहरू रहन सक्ने छन् ।
(२) उपदफा (१) बमोजिमको कोषको रकम शेयर लाभांश वितरण लगायत कोषको उद्देश्य बमोजिम विनियममा तोकिए बमोजिम उपयोग गर्न सकिनेछ ।
तर एक वर्षको शेयर लाभांशको रकम शेयर पूँजीको पन्ध्र प्रतिशतभन्दा बढी हुने छैन ।
(३) सहकारी बैङ्कको कुल सम्पत्ति र अन्य कारोबारको दायित्वको आधारमा सो बैङ्कमा नेपाल राष्ट्र बैङ्कले तोके बमोजिमका अन्य कोषहरू समेत रहनेछन्।