नियम ३१
अन्य निकायको सहयोग लिन सक्ने<br>
(१) ऐन तथा यस नियमावली बमोजिम केन्द्रको कामको सिलसिलामा खटिने कर्मचारी, प्राविधिक परीक्षक वा व्यक्तिले कुनै सरकारी कार्यालय, अन्य निकाय वा व्यक्तिको सहयोग माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सहयोग माग भएमा आवश्यक सहयोग उपलब्ध गराउनु सम्बन्धित सरकारी कार्यालय, निकाय वा व्यक्तिको कर्तव्य हुनेछ ।
(३) यस नियमावली बमोजिम गर्न लागिएको अन्वेषण सम्बन्धी कामका सम्बन्धमा कुनै निकायमा कार्यरत कुनै विशेषज्ञसँग परामर्श गर्नु पर्ने भएमा वा त्यस्तो विशेषज्ञ समेतलाई अन्वेषणमा संलग्न लगाउनु पर्ने देखिएमा केन्द्रले निजलाई परामर्शको लागि वा कुनै खास अवधिको लागि काजमा पठाइदिन सम्बन्धित निकायसँग अनुरोध गर्न सक्नेछ र यसरी अनुरोध भई आएमा सम्बन्धित विशेषज्ञलाई केन्द्रमा पठाई सहयोग गर्नु त्यस्तो निकायको कर्तव्य हुनेछ ।