नियम ८३
अन्य विधि
देहायको अवस्थामा कुनै परामर्शदातालाइ “विशेषज्ञता र योग्यताको आधारमा नियुक्त गर्न सकिनेछ:-
(क) कुनै काम गर्न उच्चस्तरको विशेषज्ञता आवश्यक परेमा वा,
(ख) परामर्श छोटो समयको लागि आवश्यक परेमा वा परामर्शदाता नियुक्त गर्ने समय न्यून भएमा वा,
(ग) आगश्यक कार्य सम्पन्न गर्न केही परामर्शदाता मात्र योग्य भएमा वा,
(घ) परामर्शदाताको छनौट गर्न धेरै समय लाग्ने भई समय अपर्याप्त भएमा ।