नियम १८
अन्य विवरणमा हेरफेर
(१) पानी जहाजको टनेज, श्रेणी वा अन्य कुनै विवरणमा हेरफेर भएको
खण्डमा त्यस्तो हेरफेर भएको एक महिनाभित्र पानी जहाजको धनीले कार्यालयमा दरखास्तदिनुपर्छ ।
(२) उप–नियम (१) बमोजिम दिइने दरखास्तमा सो पानी जहाजको कुन कुन कुरामा के
कस्तो हेरफेर भएको हो सो खुलस्त लेख्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि रजिष्ट्रारले जाँचबुझ गर्दा
मुनासिब ठहरे त्यस्तो हेरफेरको व्यहोरा दर्ता किताबमा जनाई अघिल्लो दर्ताको प्रमाणपत्र खारेज
गरी पचास रुपैया“दस्तुर लिई पुन अर्को दर्ताको प्रमाणपत्र प्रदान गर्नेछ ।