दफा ३०
अन्य व्यक्ति उपर पनि कारवाही गरी मुद्दा चलाउन सक्ने
(१) प्रचलित कानुनबमोजिम राष्ट्रसेवक मानिने व्यक्ति वा अन्य व्यक्तिले भ्रष्टाचारको कसुर गरेमा आयोगले यस ऐन वा प्रचलित कानुनबमोजिम अनुसन्धान र तहकिकात गर्न, मुद्दा चलाउन तथा तत्सम्बन्धी अन्य कारबाही गर्न सक्नेछ ।
(२) सार्वजनिक पद धारण गरेको व्यक्ति वा प्रचलित कानुनबमोजिमको अन्य राष्ट्रसेवकले भ्रष्टाचार गरेको कसुरमा यस ऐन वा प्रचलित कानुनबमोजिम अनुसन्धान र तहकिकात गर्दा सो कसुरमा संलग्न देखिएको अन्य व्यक्ति उपर समेत आयोगले अनुसन्धान र तहकिकात गर्न, मुद्दा चलाउन तथा तत्सम्बन्धी अन्य कारबाही गर्न सक्नेछ ।