नियम १४
अन्य व्यक्ति संरक्षक हुने व्यवस्था
नाबालकको हकमा आमा वा बाबु र बहुलाएको व्यक्तिको हकमा आमा वा बाबु वा पति वा पत्नी नभएको अवस्थामा सो व्यहोरा खुलाई
त्यस्तो नाबालक वा बहुलाएको व्यक्तिको हेरचाह गर्ने कुनै व्यक्तिलाई त्यस्तो नाबालक वा बहुलाएको व्यक्तिको ऋणपत्रको सम्बन्धमा संरक्षक हुनको लागि सम्बन्धित स्थानिय निकायको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले त्यस्तो नाबालक वा बहुलाएको
व्यक्तिको निज संरक्षक भएको व्यहोरा प्रमाणित गरिदिएको पत्रको आधारमा विभागले त्यस्तो व्यक्तिलाई संरक्षक धनी रहने गरी व्यवस्था गर्न सक्नेछ ।