दफा १५७
अन्र्तकालीन आदेश उपर निवेदन दिन सक्ने

(१) मुद्दाको कारबाहीको सिलसिलामा तल्लो अदालतबाट भएका देहायका आदेश उपर चित्त नबुझ्ने पक्षले त्यस्तो आदेश भएकोमितिले पन्ध्र दिनभित्र त्यस्तो आदेश बदर वा रद्द गर्न त्यस्तो अदालतको पुनरावेदन सुन्ने अदालतमा निवेदन दिनसक्नेछ:-
(क) मुद्दाका पक्षलाई तारिखमा राखेको वा निजबाट जमानत वा अदालती शुल्क लिएको,
(ख) परिच्छेद–१० बमोजिम मुद्दा दर्ता गर्न नमिल्ने भनी गरेको दरपीठको आदेश उपर न्यायाधीश समक्षउजुर गरेकोमा त्यस्तो उजुर रद्द भएको,
(ग) परिच्छेद–११ बमोजिम प्रारम्भिक सुनुवाई गर्दा हकदैया, हदम्याद वा अधिकारक्षेत्र सम्बन्धी विषयनिरुपण गरी आदेश गरेको,
(घ) मुद्दाको कारबाहीको सिलसिलामा अन्य कुनै आदेश गरेको ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अदालतमा भएको काम कारबाहीमा म्याद नाघेको वा मुद्दामाकानून बमोजिम गर्नु पर्ने कारबाही निर्धारित अवधिभित्र नगरी बेरीत भएको जिकिर लिई त्यस्तो काम कारबाही बदरगराउन समेत मुद्दाको पक्षले त्यस्तो अदालतको पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै निवेदन परेमा पुनरावेदन सुन्ने अदालतले सम्बन्धित अदालतबाट आवश्यकतानुसारप्रतिवेदन लिई वा मिसिल झिकाई त्यस्तो निवेदन उपर सुनुवाई गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम सुनुवाई गर्दा तल्लो अदालतले गरेको आदेश वा काम कारबाही वेरीतको वा म्याद नाघेको देखिएमापुनरावेदन सुन्ने अदालतले त्यसको कारण खुलाई त्यस्तो आदेश बदर गर्न, रद्द गर्न वा कानून बमोजिम उपयुक्तसम्झेको अन्य काम गर्न तल्लो अदालतको नाममा आदेश गर्न सक्नेछ ।