नियम १६
अन्वेषण अवधि
: (१) प्राथमिक अन्वेषण अवधि पेट्रोलियम सम्झौता लागू भएको मितिबाट चार (४) करार वर्षको हुनेछ ……….।
(१क) उपनियम (१) बमोजिमको प्राथमिक अन्वेषण अवधि समाप्त भएपछि नेपाल सरकारले आवश्यकता अनुसार पहिलो पटक तीन करार वर्ष र दोस्रो पटक दुई करार वर्ष गरी बढीमा पाँच करार वर्ष थप गर्न सक्नेछ ।
(२) अन्वेषण अवधिको अन्त्यमा कुनै तेलको इनारको सम्बन्धमा चालू भैरहेको खन्ने, लगिङ गर्ने, परीक्षण गर्ने वा थुन्ने काम पूरा गर्न वा कुनै सम्भाव्यता कार्य पूरा गर्न, पत्ता लागेको पेट्रोलियमको मूल्याङ्कन गर्न, विस्तृत विकास कार्यक्रम र वजेट तयार पार्न तथा पेश गर्न वा उत्पादन अनुमतिको लागि निवेदन दिन वा करार क्षेत्रमा पत्ता लागेको स्थलबाट प्राप्त पेट्रोलियमको निर्यात बजार (आवश्यक बन्दोबस्त तथा आवश्यक पूर्वाधारसमेत) निश्चित गर्न चाहिने मनासिब अवधिको लागि विभागले अन्वेषण अवधिको म्याद पुन बढाई दिन सक्नेछ ।