नियम
अपराधशाख्रीय अनुसन्धान केन्द्र
(१) अपराधको प्रवृत्ति सम्बन्धी अध्ययन विश्लेषण गर्न महान्यायाधिवक्ताको कार्यालयमा एक अपराधशास्त्रीय अनुसन्धान केन्द्र रहनेछ ।

(२) उपनियम (१) बमोजिमको अपराधशास्त्रीय अनुसन्धान केन्द्रको काम, कर्तव्य र अधिकार नियम ४ को उपनियम (६) बमोजिमको कार्यविधिमा निर्धारण भए बमोजिम हुनेछ ।