नियम १७
अपाङ्गलाई काममा प्राथमिकता दिनु पर्ने

(१) नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संगठित संस्थाहरुले अपाङ्गहरुको शिक्षा, तालीम र
शारीरिक स्थिति अनुकूलको काममा तिनीहरुलाई प्राथमिकता दिनु पर्नेछ ।

(२) ऐनको अधीनमा रही नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संगठित संस्थामा काम गर्ने अपाङ्ग कर्मचारी र अन्य कर्मचारी बीच पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरुको सम्बन्धमा कुनै किसिमको भेदभाव गरिने छैन ।