दफा ३४
अभिमुखीकरण तालीम दिनु पर्ने
: (१)इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरणसँग सम्बन्धित विषयमा जानकारी दिन वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई आवश्यकता अनुसार अभिमुखीकरण तालीम दिनु पर्नेछ ।
(२) अभिमुखीकरण तालीम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।