नियम ५
अभियोगपत्रमा खुलाउनु पर्ने कुराहरु
(१) अनुसन्धान अधिकृतले न्यायाधिकरण
समक्ष ऐनको दफा ६१ बमोजिम पेश गर्ने अभियोगपत्रमा देहाय बमोजिमका कुराहरु
खुलाउनु पर्नेछ :—
(क) न्यायाधिकरणको नाम,
(ख) प्रतिवादीको नाम, थर, वतन र निजको बाबु, आमा, श्रीमान् वा श्रीमतीको नाम,
(ग) अभियोगको विवरण,
(घ) कुन कानून अन्तर्गत न्यायाधिकरणको क्षेत्राधिकारभित्र पर्ने हो सो कुरा,
(ङ) वादीको दावीस“ग सम्बन्धित कानून,
(च) हदम्याद सम्बन्धी कुरा,
(झ) वादी दावीलाई समर्थन गर्ने सम्बन्धित प्रमाणहरु,
(ञ) अभियुक्तलाई हुनु पर्ने सजाय,
(ज) प्रतिवादीको सम्पतिको विवरण,
(ट) अपराधबाट क्षति पुगेको व्यक्तिलाई क्षतिपूर्ति भराई दिनु पर्ने भए सो क्षतिपूर्तिको रकम,
(ठ) अन्य आवश्यक कुराहरु ।
(२) उपनियम (१) मा उल्लेख भएदेखि बाहेक अभियोगपत्रमा थाहा भएसम्म
प्रतिवादीको परिचयात्मक विवरणमा घर नम्बर, प्रतिवादीको उमेर, पेशा, हुलिया,
नागरिकता वा राहदानी नम्वर, इमेल, फ्याक्स, टेलिफोन नम्वर खुलाउनु पर्नेछ ।
(३) प्रतिवादीको परिचयात्मक विवरण नखुलेको अभियोगपत्र दर्ता हुने छैन ।
तर अभियोगपत्रमा एक भन्दा बढी प्रतिवादी भएकोमा वतन स्पष्ट खुलाइएको
प्रतिवादीको हकमा मुद्दाको कारबाही र किनारा हुनेछ । वतन नखुलाइएको
प्रतिवादीको हकमा मुद्दा दर्ता हुन नसक्ने भनी कारण सहितको व्यहोरा जनाई दरपीठ
गरी सोको जानकारी अनुसन्धान अधिकृतलाई दिनु पर्नेछ ।
(४) न्यायाधिकरणमा दायर भएको मुद्दाको अभियोगपत्रमा खुलाइएको
प्रतिवादीको वतन वास्तविक नभएको कारणबाट म्याद तामेल हुन सकेको रहेनछ
भने त्यस्तो प्रतिवादीको हकमा मुद्दा तामेलीमा राख्न सकिनेछ ।