नियम १०
अभियोजनसम्बन्धी व्यवस्था
: (१) कसूरजन्य- कार्यको आरोपको अनुसन्धानबाट त्यस्तो आरोप लागेको बालबालिका उपर प्रचलित कानून बमोजिम मृद्दा चलाउनु पर्ने . देखिएमा अनुसन्धान अधिकारीले सम्बन्धित अभियोजनकर्ता समक्ष प्रचलित कानून बमोजिमको ढाँचामा प्रतिवेदन सहित मिसिल ,पेश गर्नु पनेछ ।

(२) उपनियम ।१) बमोजिम पेश हुन आएको अनुसन्धान प्रतिवेदन सहितको मिसिलबाट मुद्दा चलाउनु पर्ने देखिएमा सम्बन्धित अभियोजनकर्ताले प्रचलित कानून बमोजिमको ढाँचामा सम्बन्धित बाल अदालतमा अभियोग पत्र दर्ता गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम अभियोग पत्र दर्ता गर्दा सामाजिक अध्ययन प्रतिवेदनसमेत साथै पेश गर्नु पर्नेछ ।