नियम
अभिलेख तयार गर्नुपर्ने

(१) जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिले आफ्नो स्थानीय तहभित्रका ज्येष्ठ नागरिकको लगत संकलन गरी निजहरुको व्यक्तिगत विवरण,
पारिवारिक स्थिति, शैक्षिक योग्यता, पेशागत दक्षता र अनुभव समेत खुल्ने गरी अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राख्नुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम राखिएको अभिलेखलाई हरेक वर्ष अद्यावधिक गरिराख्नु पर्नेछ ।