नियम ९
अभिलेख र प्रमाणपत्र
(१) स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य संस्थामा जन्मेको शिशु, अपाङ्गता भएको शिशु, मृतक शिशु, गर्भपतन भएको वा गर्भपतन गराएका महिला र प्रसूति सेवाका लागि आएका गर्भवती महिलाको मृत्यु भएकोमा सोको समेत अभिलेख अनुसूची-२ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
(२) आफ्नो स्वास्थ्य संस्थामा जन्मेको शिशुको उपनियम (१) बमोजिमको अभिलेखको आधारमा शिशुको बाबु वा आमालाई र आमाको मृत्यु भएको र बाबु नभएको शिशुको हकमा संरक्षक वा माथवर व्यक्तिलाई अनुसूची-३ बमोजिमको ढाँचामा जन्मेको प्रमाणपत्र दिनु पर्नेछ ।