दफा २३
अभिलेख राख्नु पर्ने
(१) वस्तु कारोबार व्यवसायीले कारोबार गर्नु अघि लगानीकर्ताको वास्तविक रुपमा परिचय खुल्ने कागजात वा विवरण लिनु पर्नेछ ।
(२) वस्तु कारोबार व्यवसायीले लगानीकर्ताको परिचय खुल्ने कागजात वा विवरण, कारोबारसँग सम्बन्धित रकम लेनदेन सम्बन्धी विवरण वा तोकिए बमोजिमका अन्य कार्यको अभिलेख राख्नु पर्नेछ ।