दफा ३०
अभिलेख राख्नु पर्ने
(१) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण, ओसारपसार तथा विसर्जन गर्ने व्यक्ति, संस्था वा निकायले आफूले कारोबार गरेको विषादीको परिमाण, मूल्य तथा तोकिएको अन्य विवरण सहितको अभिलेख दुरुस्त राख्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम कारोबार गर्दा राखिएको अभिलेख निरीक्षक, प्रमुख वा केन्द्रले माग गरेमा त्यस्तो अभिलेख तत्काल उपलब्ध गराउनु पर्नेछ।
(३) जीवनाशक विषादीको अभिलेख राख्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।