नियम १३
अभिलेख राख्ने
(१) पसल सञ्चालन गर्ने सहकारी संस्थाले सहकारी नियमावली, २०४९ को नियम २१ बमोजिमको अभिलेखहरुका अतिरिक्त देहायका अभिलेख राख्नु पर्नेछः–
(क) खरिद तथा बिक्री खाता,
(ख) खरिद बिक्रिको दैनिक वही र नगद वही,
(ग) कुनै वस्तुको विक्रीको लागि कोटा निर्धारण गरिएकोमा त्यस्तो कोटा अन्तर्गत वस्तु खरिद गर्ने व्यक्तिको नाम, थर र ठेगाना तथा त्यस्तो वस्तुको बाँकी मौज्दात विवरण ।
(२) सहकारी संस्थाले पसल सञ्चालन सम्बन्धी कारोवारको लेखा पारदर्शी ढंगले राख्नु पर्नेछ। सम्बन्धित जिल्ला विकास समिति तथा सम्बन्धित स्थानीय निकायले मागेको समयमा संस्थाले उत लेखा पेश गर्नु पर्नेछ ।