नियम २८
अभिलेख संरक्षकको काम र कर्तव्य
अभिलेख संरक्षकको काम र कर्तव्य देहाय
बमोजिम हुनेछ :—
(क) छिनुवा मिसिलहरु जिम्मा लिई पञ्जिका बमोजिमको कागजपत्र भए
नभएको जाँची साल सालको छुट्याई सुरक्षित राख्ने,
(ख) मुद्दा फैसला हु“दा हाजिर नभएका पक्षलाई पुनरावेदनको म्याद जारी
गरेको र फैसला बमोजिमका काम कार्यान्वयन भएको निस्सा मिसिल
सामेल छ छैन सो समेत जाँची मिसिल जिम्मा लिने र पुनरावेदन परे
पुनरावेदन सुन्ने अदालतमा पठाउने कारबाही गर्ने,
(ग) कानून बमोजिम धुल्याउने कागजको सूची तयार गरी मिसिल छुट्याई
रजिष्ट्रारलाई जँचाई निजको रोहवरमा कागज मिसिल धुल्याउने र
धुल्याएका मिसिलहरुको अभिलेख राख्ने,
(घ) नक्कलको लागि दरखास्त परेमा रीत पुर्याई नक्कल दिने,
(ङ) साल सालको छिनुवा मिसिल अभिलेख कितावमा जनाई प्रमाणित गरी राख्ने,
(च) कुनै अदालतबाट मिसिल झिकाइएमा कानून बमोजिम रीत पुर्याई
अभिलेख कितावमा जनाई सात दिनभित्र चलान गर्ने, कुनै अड्चन भए
त्यसको जानकारी सम्बन्धित अदालतलाई दिन रजिष्ट्रार समक्ष पेश गर्ने ।