दफा ६
अयोग्य मानिने
देहायको अवस्थामा कुनै व्यक्ति परिषद्को सदस्यमा मनोनित वा निर्वाचित हुन अयोग्य मानिनेछः-
(क) गैर नेपाली नागरिक,
(ख) दर्ता किताबबाट नाम हटाइएको,
(ग) भ्रष्टाचार, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागू औषध बिक्री बितरण वा ओसार पसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट कसूरदार ठहरिएको,
(घ) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको,
(ङ) शारीरिक तथा मानसिक अस्वस्थताको कारणले परिषद्मा रही सेवा गर्न असमर्थ भएको,
(च) प्रचलित कानून बमोजिम दामासाहीमा परेको ।