दफा
अयोग्यता

दफा २ बमोजिमको इजाजतपत्र देहायको व्यक्तिलाई दिइने छैन ः-(क)करार सम्बन्धी प्रचलित कानून बमोजिम करार गर्न योग्यता नभएको व्यक्ति,(ख)साहुको दामासाहीमा परेको व्यत्ति(ग)दफा ९ बमोजिम ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र खारेज भै सो मितिले दुई वर्षको अवधि भुक्तान गरी नसकेको व्यक्ति,(घ)नैतिक पतन देखिने फौज्दारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजायपाएको व्यक्ति ।
“(१क) प्रदेश सरकारको पूर्ण स्वामित्व भएका संस्थासँग सम्बन्धित परियोजना सञ्चालन गर्न वा त्यस्तो संस्थाको कारोबारसँग सम्बन्धित वा त्यस्तो संस्थाले उत्पादन गरेको कुनै मालवस्तु सञ्चय गर्नको लागि गोदाम घर निर्माण गर्न यस ऐन बमोजिमको मुआब्जा र अन्य सबै खर्च व्यहोर्ने गरी कुनै जग्गा प्राप्त गराई दिन त्यस्तो संस्थाले प्रदेश सरकार समक्ष अनुरोध गरेमा प्रदेश सरकारले त्यस्तो जग्गा प्राप्त गराइ दिन नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ। त्यसरी अनुरोध प्राप्त भएमा नेपाल सरकारले त्यस्तो संस्थालाई जग्गा प्राप्त गराइ दिने गरी निर्णय गर्न सक्नेछ।”