दफा १४
अलङ्कार लगाउने क्रम
: (१) एकभन्दा बढी अलङ्कार पाउने व्यक्तिले आपूले पाएका अलङ्कार लगाउँदा मर्यादाक्रम अनुसार दाहिनेतर्पmबाट लगाउनु पर्नेछ ।
(२) आफ्नो देशको अलङ्कार वा त्यसको स्वल्पाकार वा पट्टिका र विदेशी राज्यबाट प्राप्त विभूषण वा तिनको स्वल्पाकार वा पट्टिका एकसाथ लगाउँदा आफ्नो देशको अलङ्कार वा त्यसको स्वल्पाकार वा पट्टिका विदेशी राज्यको विभूषण वा त्यसको स्वल्पाकार वा पट्टिकाभन्दा दाहिने लगाउनु पर्नेछ ।
(३) विदेशी राज्यबाट पाएका एकभन्दा बढी अलङ्कार लगाउँदा पाएको मितिको क्रमानुसार लगाउनु पर्नेछ ।