नियम २८
अवकाश प्राप्त कर्मचारीले पालन गर्नु पर्ने

(१) यस नियमावलीको नियम ३, ७, १७, र २६ को व्यवस्था सेवाबाट अवकाश प्राप्त निजामती कर्मचारीले समेत पालना गर्नु पर्नेछ ।
(२) निजामती सेवामा वहाल रहँदाका बखत कर्तव्य पालनाको सिलसिलामा जानकारी हुन आएको सार्वजनिक रुपमा प्रकाशन नभएको कुनै कुरा त्यस्तो सेवाबाट अवकाश प्राप्त गरेपछि कुनै पनि तरिकाले प्रकट गर्न वा गराउन हँुदैन ।