दफा ३०
अवहेलनामा कारवाही चलाउन सक्ने
(१) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले आफ्नो अवहेलनामा कारबाही चलाउन सक्नेछ । (२) न्यायाधिकरणले आफ्नो अवहेलना गरेको ठह¥याएमा अभियुक्तलाई एक हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुबै सजाय गर्न सक्नेछ । (३) पुनरावेदन न्यायाधिकरणले आफ्नो अवहेलना गरेको ठह¥याएमा अभियुक्तलाई पाँच हजार रुपैयासम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुबै सजाय गर्न सक्नेछ । (४) उपदफा (१) वा (३) मा जुनसकै कुरा लेखिएको भए तापनि सम्वन्धित न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणलाई सन्तोष हुने गरी अभियुक्तले क्षमायाचना गरेमा निजलाई कुनै सजाय नगरी क्षमा दिन वा सजाय तोकिसकेको भए सो सजाय घटाउन वा माफ गर्न वा सजाय मुल्तबी राखी तोकेको शर्त पालन भएमा सजाय कार्यान्वयन नगर्ने आदेश दिन  सक्नेछ ।