दफा १८
असल नियतले गरेको काममा जवाफदेही हुनु नपर्ने
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा नेपाल सरकारका पदाधिकारीहरू, बैङ्कका गभर्नर, डेपुटी गभर्नर, सञ्चालक वा बैङ्कका कुनै अधिकृत वा कर्मचारी व्यक्तिगत वा सामुहिक रूपले जवाफदेही हुने छैनन्।