दफा १०९
असहयोग गर्ने व्यक्तिलाई सजाय हुने

दफा १०८ बमोजिम सहयोग गर्ने कर्तव्य भएको व्यक्तिले म्याद तामेल गर्दा कुनै सहयोग नगरेको भन्ने तामेलदारकोप्रतिवेदनप्राप्त भएमा र त्यस्तो प्रतिवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित अदालतले त्यसरी सहयोग नगर्ने व्यक्तिलाईपाँचहजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।