दफा १६
असुल उपर गरिने
(१) सामाजिक सुरक्षा योजनामा सहभागी नभएको व्यक्तिले यस ऐन बमोजिम
सुविधा प्राप्त गरेको वा यस ऐन बमोजिम पाउनु पर्ने सुविधा भन्दा बढी सुविधा कसैले प्राप्त गरेको
व्यहोरा कुनै किसिमबाट जानकारी हुन आएमा त्यस्तो व्यक्तिबाट सो रकम कोषले तोकिए बमोजिम
असुल उपर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम असुल भएको रकम कोषमा जम्मा गर्नु पर्नेछ ।