दफा ५
अस्पतालको उद्देश्य
अस्पतालको उद्देश्य देहायबमोजिम हुनेछ :–
(क) क्यान्सर रोगको रोकथाम, सो रोगबाट ग्रसित व्यक्तिहरूको रोगको निदान र उपचारको लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी
उनीहरूलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने ।
(ख) क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान गर्ने र सोको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रमआत्मनिर्भरता प्राप्त गर्ने,
(ग) क्यान्सर रोगको रोकथाम, निदान तथा उपचारका लागि विकिरणयुक्त पदार्थहरूको प्रयोग, संचय, विस्थापन तथा सो कार्यमा प्रयोग हुने उपकरण संचालन प्रकृया लगायत अन्य सुरक्षात्मक उपायहरूको सम्बन्धमा अन्तरराष्ट्रिय मान्यता तथा प्रचलनको प्रतिकूल नहुने
किसिमका प्रणालीहरूको विकास गर्ने,
(घ) राष्ट्रिय क्यान्सर रोग नियन्त्रण कार्यक्रम संचालन गर्ने ।