दफा १८
अस्पताललाई छुट र सुविधा

(१) अस्पताललाई देहाय बमोजिमका कुराहरूमा भन्सार, बिक्री कर, र रजिष्ट्रेशन दस्तुर लाग्ने छैन :–

(क) अस्पतालको निर्माण तथा संचालनको लागि विदेशबाट  झिकाइने आवश्यक निर्माण सामग्री, मेशिनरी र  औजारहरूमा,

(ख) अस्पतालले प्रदान गर्ने छात्रवृत्ति, विद्वत्वृत्ति र पुरस्कारहरूमा,

(ग) अस्पतालले प्राप्त गरेको दान–दातव्य, अनुदान तथा अन्य  आयस्रोत र अस्पतालको सम्पत्तिमा, र

(घ) अस्पतालले खरिद गर्ने अचल सम्पत्तिको लिखतको रजिष्ट्रेशनमा ।

(२) उपदफा (१) को खण्ड (क) बमोजिमका सामानहरू विदेशबाट झिकाउनु अगावै अस्पतालले त्यस्तो सामानहरूको मूल्य सूची र परिमाण सहितको विवरण स्वास्थ्य मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ ।