दफा
आगजनी, तोडफोड, कुटपिट वा “तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने:
कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन:-
(क) स्वास्थ्य संस्थामा.आगजनी गर्न,
(ख) स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पु्याउन,
(ग) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुच्याउन,
(घ) स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न,
(ङ) स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुग्याउन, वा
(च) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न ।