नियम १९०
आचरण अनुगमन समितिको गठन
(१) सभामा एउटा आचरण अनुगमन समिति रहनेछ । (२) उपनियम (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ ः- (क) अध्यक्ष   – सभापति (ख) उपाध्यक्ष – उपसभापति (ग) सत्तापक्षको नेता – सदस्य (घ) विपक्षी दलको नेता – सदस्य (ङ) अध्यक्षद्वारा दलीय आधारमा प्रतिनिधित्व  हुने गरी मनोनीत बढीमा चार जना सभाका सदस्य – सदस्य (३) संघीय संसदको महासचिवले समितिको सचिव भई काम गर्नेछ ।