दफा २१
आत्म सुरक्षाको लागि आवश्यक काम गर्न सकिने
: (१) आफ्नो वा अरु कुनै व्यक्ति वा घरपालुवा जनावरको बचावटको लागि कुनै वन्यजन्तुको वास्तविक र तत्काल आक्रमणका विरुद्ध अन्य कुनै विकल्प नभएमा हातहतियार प्रयोग गर्न वा अन्य कुनै उपाय गर्न सकिनेछ र त्यस्तो गर्दा कुनै वन्यजन्तु मर्न गएमा वा घाइते भएमा यस ऐन बमोजिम कसूर गरिएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिम कुनै वन्यजन्तु मर्न गएमा वा घाइते भएमा बाटोका म्याद बाहेक सो भए गरेको चौबीस घण्टाभित्र तोकिएको अधिकारी समक्ष सो कुराको सूचना दिनु पर्छ ।
(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु विपरीत काम गरिरहेको व्यक्तिको हकमा उपदफा (१) बमोजिमको सुविधा प्राप्त हुने छैन ।