दफा २१
आदेश, नियम वा उपनियम बनाउने अख्तियारभित्र संशोधन गर्ने, बदल्ने वा खारेज गर्ने अख्तियार समेत सामेल गर्ने बारे

कुनै नेपाल ऐनले सूचना, आदेश, नियम वा उपनियम जारी गर्ने अख्तियार दिएकोछ भने सो अख्तियारले त्यस्तै किसिमको अवस्थामा त्यही निकासा मुताविक त्यही किसिमले सो जारी गरिएका सूचना, आदेश, नियम वा उपनियमहरूलाई थप्न, संशोधन गर्न बदल्न वा खारेज गर्न हुन्छ ।