नियम २८
आधार शिविरमा झर्नु पर्ने

(१) पर्वतारोही दल पर्वतारोहणको लागि काठमाडौंबाट प्रस्थान गरेकोे मितिले देहायको अवधिभित्र आधार शिविरमा झरिसक्नु पर्नेछ :–
(क) ८,००० मिटर भन्दा बढी उचाई भएको हिमालचुलीको हकमा पचहत्तर दिन,
(ख) ७,००० मिटर देखि ८,००० मिटरसम्म उचाई भएको हिमालचुलीको हकमा साठी दिन,
(ग) ७,००० मिटर भन्दा कम उचाई भएको हिमालचुलीको हकमा पचपन्न दिन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुम्बू, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाका हिमालचुली बाहेकका अन्य हिमालचुलीको लागि आधार शिविरमा झर्नु पर्ने अवधिमा सम्बन्धित पर्वतारोही दलको अनुरोधमा पन्ध्र दिनसम्म थप गर्न सकिनेछ ।