नियम ३६
आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापन
नियम २८ बमोजिम छुट्याइएको प्रतिशत अनुरुप आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाद्वारा पूर्ति गर्नु पर्ने पदको लागि आयोगले सम्बन्धित उम्मेदवारले थाहा पाउने गरी विज्ञापन प्रकाशित गर्नु पर्नेछ । सो विज्ञापनमा बढुवा हुने पदको संख्या, आवश्यक शैक्षिक योग्यता एवं सेवा अवधि दरखास्त बुझाउने ठाउँ तथा अन्तिम मिति, जाँच हुने ठाउँ र आवश्यक अन्य विवरण समेत उल्लेख गर्नु पर्नेछ ।