नियम ७७
आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा सम्भाव्य उम्मेदवार सम्बन्धी व्यवस्था
नियम ७६ अनुसार प्रकाशित विज्ञापन बमोजिम आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाका लागि रिक्त पद भन्दा एक श्रेणी मुनिको व्यवस्थापिका–संसद सेवाको पदमा ऐनको दफा २८ बमोजिमको सेवा अवधि र शैक्षिक योग्यता पुगेका कर्मचारी परीक्षामा उम्मेदवार हुन सक्नेछन् ।