नियम १२
आन्तरिक लेखा परीक्षण र नियन्त्रण

१२. आन्तरिक लेखा परीक्षण र नियन्त्रण

(१) ट्रष्टको आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) ट्रष्टको आन्तरिक लेखापरीक्षण समितिले नियुक्त गरेको इजाजत प्राप्त लेखा परीक्षकबाट हुनेछ ।
(३) ट्रष्टको सम्पत्ति दुरुपयोग नहुने गरी चुस्त तथा दुरस्त राख्ने, समय समयमा अनुगमन तथा मूल्यांकन गर्ने गरी आन्तरिक नियन्त्रणको व्यवस्था कायम गर्ने कर्तव्य कार्यकारी सचिवको हुनेछ ।