दफा १०२
आपसी सुरक्षण सेवा सञ्चालन गर्न सक्ने
: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संस्थाले बीमा समितिबाट स्वीकृत योजनाको शर्त बन्देज अनुसार आफ्ना सदस्यहरूको बालीनाली वा वस्तुभाउ जस्ता योजनामा उल्लिखित कारणले भएको क्षतिको निश्चित अंशपूर्ति गर्ने गरी निर्धारित अधिकतम सीमा र शुल्कसम्मको आपसी सुरक्षण सेवा सञ्चालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आपसी सुरक्षण सेवा सञ्चालन गर्न संस्थाको न्यूनतम मापदण्ड र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।