नियम ७०
आपसी सुरक्षण सेवा सञ्चालन
: (१) ऐनको दफा १०२ को उपदफा (२) बमोजिम आपसी सुरक्षण सेवा सञ्चालन गर्ने संस्थाको न्यूनतम मापदण्ड देहाय बमोजिम हुनेछ :-
(क) संस्था दर्ता भएको कम्तीमा तीन वर्ष पुगेको हुनुपर्ने,
(ख) विगत दुई वर्षदेखि संस्था नाफामा सञ्चालन भएको हुनुपर्ने, (ग) सुरक्षण गरिने बालीनालीको खेती गर्ने वा वस्तुभाउ पाल्ने सदस्यको सङ्ख्या कम्तीमा तीन सय हुनुपर्ने,
(घ) जगेडा कोषमा कम्तीमा पचास लाख रुपैयाँ र घाटापूर्ति कोषमा कम्तीमा पच्चीस लाख रुपैयाँ हुनुपर्ने,
(ङ) शेयर पूँजी कम्तीमा एक करोड रुपैयाँ हुनुपर्ने,
(च) संस्थाले बचत परिचालन गरेको भए ऐनको दफा ५० को उपदफा (२) मा निर्धारित सीमाभित्र नियमित प्रकृतिको बचतमात्र परिचालन गरेको हुनुपर्ने तथा शेयर पूँजी तथा संस्थागत पुँजी गरी जम्मा बचत दायित्वको कम्तीमा बीस प्रतिशत पुगेको हुनुपर्ने ।
(२) आपसी सुरक्षण सञ्चालन सम्बन्धी अन्य व्यवस्था मन्त्रालयबाट स्वीकृत कार्यविधि बमोजिम हुनेछ ।