दफा १५
आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजाय
: कुनै घर,जग्गा वा सवारीको धनीले वा त्यसको भोग चलन गर्ने व्यक्तिलाई जानी जानी त्यस्तो घर, जग्गा वा सवारीमा दफा ४ अन्तर्गत निषेध गरिएको कुनै कार्य गर्न अनुमति दिएमा निजलाई छ महीनादेखि पाँच वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा
सवारी समेत जफत हुन सक्नेछ ।