नियम २४
आबश्यक सहयोग गर्नु पर्ने
ऐन तथा यस नियमावलीमा उल्लिखित कार्य गर्ने क्रममा कसैले वातावरण निरीक्षकलाई बाधा बिरोध गरेमा बा निजले निरीक्षण गर्न जाँदा बल प्रयोग गर्नु पर्ने भएमा . निजले सम्बन्धित स्थानीय प्रशासनसँग सहयोग माग गर्न सक्नेछ र त्यस्तो सहयोग माग गरेकोमा सम्बन्धित स्थानीय प्रशासनले आवश्यक सहयोग उपलब्ध गराउनु पर्नेछ ।