नियम ४४
आय आर्जन स्वदेश फिर्ता गरे बापत सुविधा प्रदान गर्ने
ऐनको दफा ६९ को उपदफा (३) बमोजिम कुनै नेपाली कामदारले आफूले कमाएको रकम बैङ्क वा बैंकिङ्ग सेवा प्रदान गर्ने संस्था वा कम्पनी मार्फत स्वदेश फिर्ता पठाएमा त्यस्तो कामदारलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको सुविधा प्रदान गर्नेछ ।