दफा २१
आयोगको काम कारबाहीमा सहयोग गर्नु पर्ने
- (१) सम्बन्धित निकाय वा पदाधिकारीले
आयोगले मागेको सहयोग उपलब्ध गराउनु पर्नेछ ।
(२) आयोगले माग गरेको सूचना, कागजात वा प्रमाण जानी–जानी उपलब्ध
नगराउने, आयोगको सिफारिस, आदेश वा निर्णय जानी–जानी पालना नगर्ने, आयोगको
कार्यमा जानी–जानी असहयोग गर्ने वा आयोगले उपस्थितिको लागि बोलाएकोमा विनाकारण
अनुपस्थित हुने पदाधिकारी उपर विभागीय कारबाही चलाउन आयोगले सम्बन्धित
निकायमा लेखी पठाउनु पर्नेछ ।