नियम ४
आयोगको काम, कर्तव्य र अधिकार
आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
(क) शिक्षकको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्ने,
(क१) विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमति पत्र दिने,
(क२) अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने तथा परीक्षा सम्बन्धी कार्य गर्ने,
(ख) शिक्षकको सेवा, शर्त र सुविधा सम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने,
(ग) शिक्षकको नियुक्ति तथा बढुवाको लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने तथा परीक्षा सम्बन्धी अन्य कार्य गर्ने,
(ग१) उजूरी परेको अवस्थामा बाहेक नतिजा प्रकाशन भएको एक वर्षपछि परीक्षा सम्बन्धी कागजात धुल्याउने,
(घ) ऐन वा यस नियमावली बमोजिम आयोगले गर्नु पर्ने काम कारवाहीको विषयमा आवश्यकता अनुसार निरीक्षण तथा जाँचबुझ गर्ने ।