नियम ३
आयोगको कार्य सम्पादन
(१) आयोगले ऐन बमोजिम आफ्नो कार्य सम्पादन गर्दा देहाय बमोजिमका काम गर्न सक्नेछ:- (क) थारु समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा ८ सामुदायिक उत्यानका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न वा गराउन,
(ख) थारु समुदायको हक, हित, संरक्षण, संवर्द्धन तथा सशक्तीकरणको लागि आवश्यक पर्ने कार्यक्रम सञ्चालन गर्न वा गराउन,
(ग) आफ्नो कामसँग सम्बन्धित बिषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न वा गराउन,
(घ) _ थारु समुदायको हक हित संरक्षण र संवर्द्धन गर्दा समुदायको परम्परा, संस्कृतिको संरक्षण तथा तिनको समयोचित विकासका लागि आवश्यक कार्य गर्न,
(ङ) थारु समुदायसँग सम्बन्धित सबै प्रकारका विभैद अन्त्य गर्ने प्रयोजनको लागि कार्यक्रम सञ्चालन गर्न,
(च) थारु समुदाय भित्र रहेका कुरीति र कुप्रथाको अन्त्यका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न वा गराउन।
(२) उपनियम (१) बमोजिम आयोगले कार्यसम्पादन गर्दा सामाजिक सदभाव खलबलिने गरी कुनै कार्य गर्ने बा गराउने छैन ।
(३) आयोगले अन्तर्राष्ट्रिय दातृ निकायसँगको समन्वय र सहकार्यमा कुनै कार्यक्रम सञ्चालन गर्नुपर्दा नेपाल सरकारको सहमति तथा समन्वयमा गर्नेछ ।