(१) दफा ३ को उपदफा (१) बमोजिम स्थापना भएको आयोगको गठन देहाय बमोजिम हुनेछः–
(क) ख्याति प्राप्त शिक्षाविद्हरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको व्यक्ति-- अध्यक्ष
(ख) विश्वविद्यालयका उपकुलपतिहरु मध्येबाट नेपाल सरकारले मनोनीत दुई जना उपकुलपति-- सदस्य
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) --सदस्य
(घ) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय--सदस्य
(ङ) सचिव, अर्थ मन्त्रालय-- सदस्य
(च) उच्च शिक्षामा विशेष योगदान पु¥याउने विद्वान तथा वरिष्ठ प्राध्यापकहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेका दुई जना व्यक्ति --सदस्य
(छ) उच्च शिक्षाका क्षेत्रमा विशेष योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेका दुई जना व्यक्ति --सदस्य
(ज) सचिव-- सदस्य सचिव
(२) मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुनः मनोनीत हुन सक्नेछन् ।
(३) नेपाल सरकारले आयोगको कारण सहितको सिफारिशमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आयोगका सदस्यहरु हेरफेर गर्न सक्नेछ ।