दफा ९
आयोगको बैठक र निर्णय आयोगको बैठक र निर्णय
(१) आयोगको बैठक अध्यक्षले तोकेको स्थान, मिति र समयमा आवश्यकता अनुसार बस्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुपस्थितिमा सदस्यहरुस“गको परामर्शमा सचिवले तोकेको स्थान, मिति र समयमा आयोगको बैठक बस्नेछ ।
(३) आयोगको कूल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा आयोगको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) आयोगको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरु मध्ये वरिष्ठ सदस्यले गर्नेछ ।
(५) आयोगको निर्णय सर्वसम्मतबाट गरिनेछ । यसरी सर्वसम्मतबाट निर्णय हुन नसकेमा आयोगको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) आयोगको बैठकको निर्णय अध्यक्षले प्रमाणित गर्नेछ ।
(७) आयोगले चाहेमा आयोगको काम कारबाहीस“ग सम्बन्धित विषयका विज्ञलाई आयोगको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(८) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफैले निर्धारण गरे बमोजिम हुनेछ ।