दफा
आयोगको स्थापना
: (१) विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई नियमन गर्ने नियमनकारी निकायको रूपमा विद्युत नियमन आयोगको स्थापना गरिएको छ ।
(२) आयोगको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र आयोगले आवश्यकता अनुसार नेपालका अन्य स्थानमा समेत शाखा कार्यालय खोल्न सक्नेछ ।