नियम ४
आरामस्थलको व्यवस्था गर्नु पर्ने
(१) आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा उपलव्ध गराउने स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउन आएका देहाय बमोजिमको अवस्थाका गर्भवती महिलाको लागि आरामस्थलको व्यवस्था गर्नु पर्नछः-
(क) भौगोलिक विकटता र यातायातको कठिनाइका कारण स्वास्थ्य संस्थामा आवत जावत गर्न गाह्रो हुने अवस्थाका,
(ख) उपचारको क्रममा रहेको अट्टाइस दिनसम्मको नवजात शिशुको आमा,
(ग) उपचारमा संलग्न चिकित्सक वा स्वास्थ्यकर्मीले आवश्यक ठानेको अन्य अवस्था ।
(२) उपनियम (१) बमोजिमको आरामस्थलमा कम्तीमा देहाय बमोजिमका सुविधा हुनु पर्नेछः-
(क) पानी र शौचालयको व्यवस्था,
(ख) शैयाको व्यवस्था,
(ग) आपाङ्ग मैत्री सुविधाको व्यवस्था,
(घ) बिरामीको लागि खानाको व्यवस्था सो नभए भाडाकँडा र इन्धनको व्यवस्था ।
(३) उपनियम (१) बमोजिमको आरामस्थलको व्यवस्था सम्भव भएसम्म स्वास्थ्य संस्था परिसर भित्रै र सम्भव नभए अन्य पायक पर्ने स्थानमा गर्नु पर्नेछ ।